काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ।
कोभिडका कारण रोकिएका ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरिएको हो।
बुधबार एक सूचना जारी गर्दै त्रिविले परीक्षा तालिका सार्वजनिक गर्नुका साथै केही महत्वपूर्ण सूचनाहरू पनि सार्वजनिक गरेको छ। सूचनामा परीक्षार्थीले आफूले दिनु पर्ने कोड र विषय यकिन गरेर मात्र परीक्षा दिन सुझाव दिएको छ भने यसमा अन्यथा हुन गएमा त्रि।वि प।नि।का जबाफदेही नहुने उल्लेख गरेको छ।
तपाईँ तल परीक्षा तालिका हेर्न र सूचनाबाट यस सम्बन्धी थप जानकारी लिन सक्नुहुन्छ:
