Matra Education आइतबार, साउन १० २०८३

सिटीइभिटीलाई शिक्षामन्त्रीको निर्देशन ‘फरक हुने र देखिने गरी काम गर्नुस्’

सिटीइभिटीलाई शिक्षामन्त्रीको निर्देशन ‘फरक हुने र देखिने गरी काम गर्नुस्’

  • मात्र एजुकेशन
  • सोमबार, माघ १७ २०७८


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सिटीइभिटीलाई फरक हिसाबले काम गर्न सुझाव दिएका छन्।

आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लग्न निर्देशन दिएका हुन् ।

दक्ष जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भए पनि संस्थाले अपेक्षित लक्ष्य हासिल गर्न नसकेको मन्त्री पौडेलको भनाइ थियो।

‘ऐन, नियमावली र नीतिमा समस्या छन् भने बुँदागत रूपमा ल्याउनुस् समाधान गरौँ’ मन्त्री पौडेलले भने, ‘ यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुनपर्‍यो ।’

१० औँ वर्षदेखिका फाइलहरू पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिए । अब नयाँ बजेट बन्ने प्रक्रिया सुरु हुन लागेको भन्दै मन्त्री पौडेलले आवश्यकता के के हुन टिपोट गरेर मन्त्रालयमा पेस गर्न आग्रह गरे ।

‘नयाँ बजेटको प्रक्रिया थालनी हुँदैछ,’ मन्त्री पौडेलले भने, ‘संस्थाका आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस्’ मन्त्रालयले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रूपले काममा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड