Matra Education आइतबार, साउन १० २०८३

आयोगले लागु गर्‍यो आचारसंहिता, अब यी कामहरू हुनेछन् निषेध

आयोगले लागु गर्‍यो आचारसंहिता, अब यी कामहरू हुनेछन् निषेध

  • मात्र एजुकेशन
  • शनिबार, माघ १५ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले आउँदै गरेको परीक्षा लगायतका काम कारबाही सम्पादन गर्ने आयोगका पदाधिकारी, दक्ष/विज्ञ र कर्मचारीको आचरणलाई सुसंस्कृत बनाउन आचारसंहिता लागू गरेको छ ।

आयोगले पहिलो पटक लागू गरेको आचारसंहिता २०७८/१०/१३ गते स्वीकृत गरि लागु गरेको हो।

आचारसंहितामा प्रश्नपत्र निर्माण तथा परिमार्जन गर्ने विज्ञ, उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञ, अन्तर्वार्ता वा प्रयोगात्मक परीक्षा वा कक्षा अवलोकन वा सामूहिक छलफल वा सिप परीक्षण गर्ने विज्ञ, बढुवा समितिका लागि तोकिएका विज्ञले पालना गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

आयोगले आफ्नो सूचनामा भनेको छ, “शिक्षक सेवा आयोगले प्रचलित कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा सुशासनको मूल्य, मान्यता र सङ्गठनको आदर्श अनुरूप स्वतन्त्र, निष्पक्ष एवम् वस्तुनिष्ठ बनाउने र विधि तथा पद्धतिमा आधारित भई योग्यता प्रणालीको संरक्षक संस्थाको रूपमा कार्य गर्नु आवश्यक भएकाले आयोगका काम कारबाही तथा यसको प्रभावकारिता र विश्वसनीयतालाई अक्षुण्ण तुल्याई राख्नका लागि आयोगका पदाधिकारी, दक्ष विज्ञ र कर्मचारीहरूको आचरण सदाचारयुक्त, सकारात्मक, सहयोगी, सेवामुखी र सुसंस्कृत तुल्याई राख्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले शिक्षक सेवा आयोगले यो आचारसंहिता बनाइ जारी गरेको छ”।

यस्तो आचारसंहिताले आयोगले गर्ने कामकारबाहीलाई निष्पक्ष, स्वतन्त्र र गोपनीय बनाउने र पदको दुरुपयोग नहुने अपेक्षा आयोगले गरेको छ।

तपाईँ तल आयोगले जारी गरेको आचारसंहिताको पूर्ण पाठ हेर्न सक्नुहुन्छ:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड