Matra Education बिहिबार, कार्तिक १२ २०८३

अन्ततः आयो बिबिएस तेस्रो वर्षको नतिजा, यसरी हेर्नुहोस्

अन्ततः आयो बिबिएस तेस्रो वर्षको नतिजा, यसरी हेर्नुहोस्

  • मात्र एजुकेशन
  • बिहिबार, माघ १३ २०७८


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आज बिबिएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ। व्यवस्थापन सङ्काय अन्तर्गत लामो समय प्रतीक्षित उक्त नतिजा बिहीबार सार्वजनिक भएको हो।

परीक्षा भएको १० महिना भन्दा बढी समय पछि नतिजा सार्वजनिक भएको हो।

बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले २०७७ साल फागुन महिनामा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको जानकारी दिएको छ।

आजै बसेको परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको हो।

त्रिविले परीक्षाको मर्यादा कायम नगरेको भन्दै ७ जना उक्त संकायका परिक्षार्थीलाई २ वर्षका लागि त्रिविका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निष्कासन गरेको समेत जनाएको छ।

परीक्षाको नतिजा नतिजा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट https://tuexam.edu.np/ मा हेर्न सकिन्छ । तपाईँले वेबसाइट भित्र गएर रिजल्ट भित्र गएर 4 yrs bbs 3rd year सेलेक्ट गरेर त्यो भन्दा तल आफ्नो सिम्बोल नम्बर राखेर नतिजा हेर्न सक्नुहुन्छ। आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

वेबसाइट र एसएमएसमा नतिजा अपडेट हुन भने केही समय लाग्ने बताइएको छ।

यसअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले नतिजा प्रकाशनमा ढिलाइ नगर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड