Matra Education आइतबार, साउन १० २०८३

अब युक्रेन पढ्न जाने विद्यार्थीहरूलाई एनओसी नदिइने 

अब युक्रेन पढ्न जाने विद्यार्थीहरूलाई एनओसी नदिइने 

  • मात्र एजुकेशन
  • मंगलबार, माघ ११ २०७८


काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युक्रेन पढ्न जाने विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमति पत्र हाललाई स्थगित गरेको छ ।

वैदेशिक अध्ययन अनुमति शाखा केशरमहलले सूचना जारी गर्दै हाललाई युक्रेनमा अवस्थित विश्वविद्यालयहरुमा अध्ययन गर्न दिइने अनुमति पत्र (एनओसी) स्थगन गरिएको जनाएको छ ।

अर्को सूचना नभएसम्मको लागि अध्ययनका लागि युक्रेन जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिने काम स्थगन गरिएको शाखाका उपसचि हरिप्रसाद निरौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड