Matra Education आइतबार, साउन १० २०८३

त्रिविका बाँकी परीक्षा अनलाइनमा, भौतिक कक्षा बन्द गर्न निर्देशन 

त्रिविका बाँकी परीक्षा अनलाइनमा, भौतिक कक्षा बन्द गर्न निर्देशन 

  • मात्र एजुकेशन
  • आइतबार, माघ ९ २०७८


काठमाडौँ- त्रिवि कार्यकारी परिषद्ले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।  कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय भएको हो। उक्त कार्यका लागि भोलि १० गते सोमबार भित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउन सूचित गरिएको छ।

यस्तै भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नसिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिनेछ । अनलाइन कक्षा व्यवस्थित भएरनभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।

यस्तै अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ । अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने भएको छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै सङ्काय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने र कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि त्रिविले निर्देशन दिएको छ ।

त्रिविले सबै क्याम्पसलाई प्रशासनिक सेवा बन्द नगर्न र सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड