Matra Education आइतबार, साउन १० २०८३

आयोगले निमाविको पनि थप्यो फारम भर्ने समय (सूचना सहित )

आयोगले निमाविको पनि थप्यो फारम भर्ने समय (सूचना सहित )

  • मात्र एजुकेशन
  • शुक्रबार, माघ ७ २०७८


काठमाडौँ-  शिक्षक सेवा आयोगले माध्यमिक तह पछि निम्न माध्यमिक तृतीय श्रेणी शिक्षक पदको अनलाईन दरखास्त फाराम भर्ने म्याद थप्ने निर्णय गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै आयोगले सिंगल दस्तुर र दोब्बर दस्तुर दुवैको म्याद दुई दिन थप गर्ने जानकारी दिएको हो।

नयाँ सूचना अनुसार सिंगल दस्तुरको अन्तिम म्याद मिति २०७८।१०।०६ गतेसम्म तोकिएकोमा अब २०७८/१०/०८ गते राती ११:५९ बजेसम्म हुनेछ। त्यस्तै दोब्बरको २०७८।१०।१३ गतेसम्म तोकिएको म्याद थप गरेर मिति २०७८ । १०।१५ गते राती ११:५९ बजेसम्म पुर्‍याइएको छ।

दरखास्त भर्ने उम्मेदवारहरूको सुविधालाई ध्यानमा राखी सो म्याद २ दिन थप गर्ने निर्णय गरिएको आयोगले जनाएको छ। सूचनामा सिंगल दस्तुर तिरी दरखास्त बुझाउने अवधि दरखास्त दिने अन्तिम दिनको भोलिपल्ट बैंकिङ कारोबार हुने समयभित्र र दोब्बर दस्तुर तिरी दरखास्त पेस गर्नेको हकमा सोको अन्तिम दिनको भोलिपल्ट बैंकिङ कारोबार हुने समयभित्र अनिवार्य रूपमा बुझाउनु पर्ने उल्लेख गरिएको छ।

आयोगको २०७८।१०।०७ को निर्णयअनुसार सूचना प्रकाशित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड