काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले शुक्रबार नतिजा प्रकाशन गरेको छ ।
परीक्षा शाखा, बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७८ साल भदौ/असोज महिनामा सञ्चालन भएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएस्सी, सिएसआइटि) विषय चौथो वर्ष आठौँ सत्र २०७३ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको नतिजामा निम्न सिम्बोल नम्बर भएका परीक्षार्थीहरू उत्तीर्ण भएका छन् ।
