Matra Education आइतबार, साउन १० २०८३

परीक्षा गरिछाड्ने निर्णयबाट पछि हट्यो त्रिवि, सबै परीक्षा स्थगित 

परीक्षा गरिछाड्ने निर्णयबाट पछि हट्यो त्रिवि, सबै परीक्षा स्थगित 

  • मात्र एजुकेशन
  • बिहिबार, माघ ६ २०७८


काठमाडौँ- कोभिड–१९ को तेस्रो लहरका रूपमा फैलिएको ओमिक्रोन भेरियन्टका कारण त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।

त्रिविको आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्रिविको व्यवस्थापन संकायले आगामी शनिबार परीक्षा केन्द्र कायम गरी सिम्याटको परीक्षा सञ्चालन गर्ने भएको छ । अधिकाँश विद्यार्थीले कोभिड विरुद्धको भ्याक्सिन नलगाएकाले परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै आएका थिए । सो संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले माघ ८ गते सिम्याटको परीक्षा सञ्चालन हुने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड