Matra Education आइतबार, साउन १० २०८३

शिक्षक अस्पताल चितवनमा बनाउन सिफारिस

शिक्षक अस्पताल चितवनमा बनाउन सिफारिस

  • मात्र एजुकेशन
  • बुधबार, माघ ५ २०७८


काठमाडौं- शिक्षक अस्पतालका ठाउँ खोज्न गठित अध्ययन समतिले चितवनको भरतपुर सिफारिस गरेको छ ।

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाउँदै शिक्षक अस्पतालका लागि चितवनको भरतपुर महानगरपालिका-१५ भगवानपुर उपयुक्त हुने भनी सिफारिस गरेको हो ।

समतिले चितवनसंगै भक्तपुरको सुर्यविनायक नगरपालिका-८ जागती, सुर्यविनायक नगरपालिका-४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।

अध्यनपश्चात समितिले भरतपुर महानगरपालिका-५ भगवानपुर कित्ता नम्बर ९५०,५१,५२,६०,६१,६२ र ६३० प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको निष्कर्ष निकालेको हो।

३०० शैया क्षमताको संघीय शिक्षक अस्पताल बनाउने सरकारको तयारी छ । यसका लागि सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा आवश्यक पर्छ ।

शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न सरकारले गत कात्तिक २२ गते डा. चालिसेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड