काठमाडौँ- माध्यमिक र निम्न-माध्यमिक तह पछि शिक्षक सेवा आयोगले प्राथमिक तहको पनि विज्ञापन संशोधन गरेको छ। आयोगले माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्न सकिने र चैत्र १९ गते परीक्षा सञ्चालन गरिने गरी यसअघि कुल १३०९३ शिक्षकको नयाँ पदपूर्तिको लागि प्राथमिक तहको खुला विज्ञापन गरेको थियो। आयोगले थप दरबन्दी विवरण प्राप्त भएको भन्दै संशोधित विज्ञापनको सूचना निकालेको हो।
सूचनामा भनिएको छ, “शिक्षक सेवा आयोगबाट मिति २०७८।०९। १४ गते प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट निम्नानुसार पदहरू थप भई आएकोले साबिकका पदहरूमा देहाय बमोजिम थप गरी संशोधन गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ”
आयोगको सूचना अनुसार इलाममा १४ जना, धनकुटामा १३ जना, सिराहामा २६ जना, सिन्धुपाल्चोकमा १७ जना, बारा र कपिलवस्तुमा १र१ जना, दाङमा ८ जना, सुर्खेतमा २३ जना र बैतडीमा ९ जनाको दरबन्दी थपिएको हो।
आयोगले थप गरेको विषय, विज्ञापन नम्बर, समूह र अन्य विवरणबारे जानकारी लिनका लागि तलको सूचना हेर्नुहोस्:
