काठमाडौँ- सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयका लागि आवेदन खुलाएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रहेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि आवेदन खुलाएको हो ।
आवेदन दिन इच्छुक विद्यालयले माघ १५ गतेभित्र स्थानीय तहमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा आवेदन पठाउनु पर्नेछ । त्यस्तै सम्बधित इकाईले प्रस्तावको प्राथमिकीकरण गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माघ २२ सम्म पठाउनु पर्ने सूचनामा उल्लेख छ ।
