Matra Education आइतबार, साउन १० २०८३

चार दिन विद्यालय खोल्ने सरकारको निर्णय

चार दिन विद्यालय खोल्ने सरकारको निर्णय

  • मात्र एजुकेशन
  • मंगलबार, माघ ४ २०७८


काठमाडौं- कोरोना भाइरस विरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खुल्ने भएका छन् । गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप लगाउनका लागि विद्यालय सञ्चालन हुने बताए । आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले खोप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्याउने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड