काठमाडौँ- चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका विद्यार्थीहरूले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्। इन्टर्नसिपको माग बारे मन्त्रिपरिषद्ले दिएको निर्णय कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगले आल-टाल गरिरहेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।
कार्यदल गठन गरी तत्काल समस्या समाधान गर्न चिकित्सा शिक्षा आयोगलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट निर्देशन दिएको भए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको दम्भका कारण सयौँ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको विद्यार्थीहरूको आरोप छ। पटक पटकको अनुनय विनय, दबाब, विरोध आदिले काम नगरेपछि विद्यार्थीहरू आइतबार बिहानै देखि आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने र त्यसो गर्दा आफ्ना कुरा सुनुवाइ नभए आयोगका सबै कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्। साथै त्यसो गर्न आफूहरू बाध्य हुनुपरे त्यसको सम्पूर्ण जिम्मेवारी पनि आयोगकै हुने उनीहरूको भनाइ छ।
आन्दोलनरत विद्यार्थीहरूले यस्ता ९ बुँदे मागहरू राखेका छन्।
१. मन्त्रीपरिषद् द्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षज्यूलाई सुम्पिएको कार्यभार अविलम्ब अविलम्ब कार्यदल गठन गरी हाम्रो भविष्य सुनिश्चित गरियोस् र उपाध्यक्षज्यूले जिम्मेवार बोध नगर्ने भए, तत्काल राजीनामाको माग गर्दछौँ।
२. सरकारभन्दा ठुलो कुनै व्यक्ती हुँदैन त्यसैले उपाध्यक्षज्यूले हाम्रो भविष्यमाथि खेलबाड गर्न पाइँदैन।
३. सरकार हाम्रो भविष्य प्रति सकारात्मक छ तर उपाध्यक्षज्यू किन गैर जिम्मेवाररु हाम्रो भविष्य सुनिश्चित गर्ने अभिभारालाई हल्कामा नलिइयोस्।
४. के हाम्रो भविष्य भन्दा उपाध्यक्ष ज्यु को दम्भ ठुलो हो त?
५. देशको स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान कहिले?
६. निर्णयको सम्बोधनमा ढिलासुस्ती किनरु के यो चिकित्सा शिक्षा आयोगको दादागिरी हो?
७. कोभिडको केश बढ्दै गर्दा देशलाई दक्ष जनशक्तिको खाँचो पर्दा हाम्रो व्यवस्थापनमा किन ढिलासुस्ती?
८. नेपाल सरकार प्रधानमन्त्री, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, एन एम सी , चिकित्सा शिक्षा आयोग लगायत सरोकारवाला निकायहरूलाई हाम्रो शीघ्र व्यवस्थापन गर्न गुहार।
९. सम्भावित निषेधाज्ञालाई ध्यानमा राखी हाम्रो मागहरू अविलम्ब पूरा गरियोस्।
मात्र एजुकेसनले सुरुवात देखि नै यो विषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ। तपाईँ ती सामग्रीहरू पनि तल पढ्न सक्नुहुन्छ।
यहाँ क्लिक गरेर पहिलो सम्बन्धित समाचार पढ्नुहोस्
यहाँ क्लिक गरेर दोश्रो सम्बन्धित समाचार पढ्नुहोस्
यहाँ क्लिक गरेर तेश्रो सम्बन्धित समाचार पढ्नुहोस्
यहाँ क्लिक गरेर चौथो सम्बन्धित समाचार पढ्नुहोस्
यहाँ क्लिक गरेर पाँचौं सम्बन्धित समाचार पढ्नुहोस्
यहाँ क्लिक गरेर छैठौं सम्बन्धित समाचार पढ्नुहोस्