Matra Education आइतबार, साउन १० २०८३

शिक्षामन्त्रीले दिए माघी पर्वको शुभकामना

शिक्षामन्त्रीले दिए माघी पर्वको शुभकामना

  • मात्र एजुकेशन
  • शनिबार, माघ १ २०७८


काठमाडौँ- प्रधानमन्त्री र राष्ट्रपति पछि शिक्षा विज्ञान तथा प्रविधिमन्त्रि देवेन्द्र पौडेलले माघी पर्वको शुभकामना दिएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले शुभकामना सन्देश दिएका हुन्। मन्त्री पौडेलले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीहरूको साझा पहिचान भएको जनाएका छन् ।

मन्त्री पौडेलले आफ्नो शुभकामना सन्देशमा यस्तो लेखेका छन्, “थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) २०७८ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन्” ।

यसअघि प्रधानमन्त्री शेर बहादुर देउवाले पनि माघी पर्व सामाजिक सद्भावको उदाहरण भएको बताउँदै शुभकामना दिएका थिए। माघी पर्वले समस्त नेपालीबिच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने भन्दै पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने उनको भनाइ थियो। देउवाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन पनि आग्रह गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माघी पर्वका अवसरमा शुभकामना दिएकी छिन् । विविधतापूर्ण नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको भावनामा आबद्ध गर्न माघी पर्वले योगदान गरिरहेको भन्दै उनले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षण उन्मुख हुनुपर्ने सन्देश दिएकी छिन्। राष्ट्रपति भण्डारीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ-आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन सबैमा आह्वान गरेकी छिन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड