काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखाले परीक्षाफल प्रकाशित गरेको छ। उक्त सङ्काय अन्तर्गत स्नातकोत्तर तह एम.एड. प्रथम सेमेस्टर नियमित र आंशिक/मौका परीक्षाको नतिजा प्रकाशन गरिएको हो।
शुक्रबार एक सूचना जारी गर्दै विश्वविद्यालयले २०७७ साल चैत्र ३१ देखि २०७८ साल बैशाख १२ गतेसम्म सञ्चालन भएको नियमित र आंशिक रमौका परीक्षाको नतिजा प्रकाशित गरेको जानकारी दिएको छ। आजै बसेको परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रकाशन गरिएको हो।
तपाईँ आफ्नो नतिजा तल हेर्न सक्नुहुन्छ।
