Matra Education आइतबार, साउन १० २०८३

अस्ट्रेलियाले हटायो ४० घण्टे समय, अब विद्यार्थीले चाहे जति काम गर्न पाउने

अस्ट्रेलियाले हटायो ४० घण्टे समय, अब विद्यार्थीले चाहे जति काम गर्न पाउने

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस ३० २०७८


काठमाडौँ – अस्ट्रेलियाले कोभिड १९ को ओमिक्रोन प्रजातिका कारण धेरै मानिसहरू आइसोलेसनमा बसेको र कामदारको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप घण्टा काम गर्न दिने निर्णय गरेको छ। अर्को सूचना जारी नभए सम्मका लागि उसले कामको सीमितता हटाएको हो। गत वर्ष मे महिनामा मात्रै पर्यटन र होटेल क्षेत्रका व्यक्तिहरूका लागि अन्तर्राष्ट्रिय विद्यार्थी भिसा वाहकहरूको चालीस घण्टा कामको सीमा हटाइएको थियो।

अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलिया फर्कन प्रोत्साहन गर्दै ब्याकप्याकरहरूलाई पनि पूर्ण रूपमा खोप लगाइएको अवस्थामा काम गर्ने ‘होलिडे भिसा’ अन्तर्गत देशमा प्रवेश गर्ने अनुमति दिइने बताएका छन् ।

अस्ट्रेलियामा ठुलो सङ्ख्यामा कामदारहरू कोरोनाभाइरसका कारण आइसोलेसनमा बसेकाले हालै खाद्यान्न वितरण र निर्माण उद्योगहरूमा कामदारको ठुलो अभाव भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड