Matra Education आइतबार, साउन १० २०८३

शिक्षामन्त्री पौडेललाई कोरोना सङ्क्रमण, भेटघाट बन्द

शिक्षामन्त्री पौडेललाई कोरोना सङ्क्रमण, भेटघाट बन्द

  • मात्र एजुकेशन
  • सोमबार, पौस २६ २०७८


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना सङ्क्रमण देखिएको छ। रुघा र सामान्य खोकी लागेपछि सोमबार बिहान पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। होम आइसोलेसनमा बसेका मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले जानकारी दिए।

कोरोनाकै कारण मन्त्री पौडेलले केही समयका लागि पूर्वनिर्धारित र दैनिक हुने भेटघाटको कार्यक्रम पनि स्थगित गरेका छन्। यस बिचमा मन्त्री पौडेलको सम्पर्कमा आएका सबैलाई सजगता अपनाउँदै कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न उनको सचिवालयले आग्रह गरेको छ। फाइल तस्बिर

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड