Matra Education सोमबार, साउन ११ २०८३

शिक्षा मन्त्रालयले सदर गर्‍यो विद्यालय बन्द गर्ने निर्णय, बिदामा यस्तो काम गरिने

शिक्षा मन्त्रालयले सदर गर्‍यो विद्यालय बन्द गर्ने निर्णय, बिदामा यस्तो काम गरिने

  • मात्र एजुकेशन
  • सोमबार, पौस २६ २०७८


काठमाडौँ- कोरोना सङ्क्रमण बढेसँगै १५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको सिफारिसलाई शिक्षा मन्त्रालयले सदर गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौँ’ शर्माले मात्र एजुकेसनसँग भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’

कोरोनाको सङ्क्रमण बढेपछि सीसीएमसीले विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यस्तै अभिभावकहरूलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि उसले अनुरोध गरेको थियो। यसले सङ्क्रमणको चेन ब्रेक गर्ने अपेक्षा सहित यो सिफारिस गरिएको थियो। सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरू छलफलमा बसेका थिए ।

विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउने कार्यक्रम जारी रहनेछ ।

सीसीएमसीसीको निर्णयअनुसार पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरू रोकिने छैन । तर जनस्वास्थ्यमा मापदण्डहरू पालना गर्दै परीक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड