Matra Education आइतबार, साउन १० २०८३

फेरी चपेटामा शैक्षिक क्षेत्र, १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय

फेरी चपेटामा शैक्षिक क्षेत्र, १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय

  • मात्र एजुकेशन
  • आइतबार, पौस २५ २०७८


काठमाडौँ- कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ । ‘कतिपय विद्यालयमा हिउदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

सीसीएमसीसीको निर्णयअनुुसार पूर्वनिर्धारित सेमेस्टर तथा बार्षिक परीक्षाहरु रोकिने छैन । तर जनस्वास्थ्यमा मापदण्डहरु पालना गर्दै डेज आधारको बसाइमा परीक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड