Matra Education आइतबार, साउन १० २०८३

आयोगले संशोधन गर्‍यो माविको विज्ञापन, यस्तो छ नयाँ सूचना 

आयोगले संशोधन गर्‍यो माविको विज्ञापन, यस्तो छ नयाँ सूचना 

  • मात्र एजुकेशन
  • आइतबार, पौस २५ २०७८


काठमाडौँ – शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ। आयोगले  पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने र चैत्र १५ गते परीक्षा सञ्चालन गरिने गरी यसअघि कुल १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि  माध्यमिक तहको खुला विज्ञापन गरेको थियो। आयोगले थप दरबन्दी विवरण प्राप्त भएको भन्दै संशोधित विज्ञापनको सूचना निकालेको हो।

सूचनामा भनिएको छ, “शिक्षक सेवा आयोगबाट मिति २०७८।०८।२९ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट पदहरू थप भई आएकोले साबिकका पदहरूमा देहाय बमोजिम थप गरी संशोधन गरिएको हुँदा यो सूचना प्रकाशन गरिएको छ” ।

आयोगले थप गरेको विषय, विज्ञापन नम्बर, समूह र अन्य विवरणबारे जानकारी लिनका लागि तलको सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड