Matra Education आइतबार, साउन १० २०८३

पब्जिले निम्त्याएको विनाश, दुई जनाको ज्यान गयो

पब्जिले निम्त्याएको विनाश, दुई जनाको ज्यान गयो

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस २३ २०७८


काठमाडौँ- हिजोआज हाम्रा स्कुल जाने उमेरका बालबालिकाहरू अनलाइन गेम तिर बढी आकर्षित हुन्छन्। कतिपय अवस्थामा त यो लत नै बनिसकेको हुन्छ। तर अभिभावकले यस्ता कुराहरूमा चासो नदिने हो भने त्यसले विकराल रूप लिन सक्छ भन्ने एउटा उदाहरण बाहिर आएको छ। पब्जी खेल्नेक्रममा नजिकिएर बिहे नगरी ‘लिभिङ टुगेदर’ मा बसेका युवायुवती मृत फेला परेपछि हाम्रा बालबालिकालाई यस्ता गेमले पार्ने असर बारे चिन्तित हुनुपर्ने देखिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको कपन स्थित शिवजी चोकमा नातेदारको घरमा बसेका सङ्खुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गए राति मृत अवस्थामा भेटिएका हुन्।

चाबहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा पुर्‍याइएका उनीहरूलाई तत्कालै अस्पतालले मृत घोषणा गरेको हो।

घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए। युवतीको शरीर भरि धारिलो हतियार प्रयोग भएको पाइएको छ। युवा भने घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट प्रहरीले धारिलो हतियारसमेत बरामद गरेको छ।

हिजोआज बालबालिकामा बढ्दै गाएको अनलाइन गेम को लतले यो घटना निम्त्याएको देखिन्छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड