Matra Education आइतबार, साउन १० २०८३

परीक्षा बोर्डले भर्खरै जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचना सहित)

परीक्षा बोर्डले भर्खरै जारी गर्‍यो महत्त्वपूर्ण सूचना (सूचना सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस २३ २०७८


काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले सूचना जारी गरी माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो ।

बोर्डले निर्धारण गरेको परीक्षा केन्द्रहरू हेर्न यहाँ थिच्नुहोस् 

त्यसै गरी कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । २०७८ साल असोज ११ गतेदेखि १८ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको हो । सो परीक्षामा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ आंशिकतर्फ २ हजार ९०८ गरी कूल २४हजार ७२४ विद्यार्थी सहभागी भएका थिए । सो परीक्षामा आंशिक तर्फ २ हजार २९९ विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फको मात्र उत्तीर्ण प्रतिशत ७९.०६रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड