काठमाडौँ- शिक्षक सेवा आयोगले आज एक सूचना जारी गर्दै सामाजिक विषयको उम्मेदवार हुन बाधा नपर्ने विषय प्रस्ट पारेको छ।
सूचनामा भनिएको छ, “आयोगबाट प्रकाशित माध्यमिक र निम्न माध्यमिक तहको सामाजिक विषयमा दरखास्त दिने उम्मेदवारहरूको न्यूनतम शैक्षिक योग्यता क्रमशः स्नातक र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भन्ने उल्लेख भएकोमा कुनै उम्मेदवारले सामाजिक समूहका लागि आयोगबाट तोकिएको विषयभन्दा फरक विषयमा न्यूनतम शैक्षिक उपाधि हासिल गरी सोही तहमा सामाजिक अध्ययन विषय समूहमध्येका कुनै छुट्टै एक विषयमा माध्यमिक तहको लागि ३०० पूर्णाङ्क र निम्न माध्यमिक तहको लागि २०० पूर्णाङ्क लिई उत्तीर्ण गरेको देखिएमा वा तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता हासिल गर्दा सामाजिक अध्ययन विषय समूहका विषयमा कम्तीमा ३०० पूर्णाङ्कको अध्ययन गरेको भएमा त्यस्ता व्यक्तिहरूलाई समेत सामाजिक विषयको उम्मेदवार हुन बाधा नपर्ने “।
यसअघि उक्त विषयमा आवेदकहरू अलमलमा परेका थिए। अब भने यो दुबिधा हटेको छ।
