Matra Education आइतबार, साउन १० २०८३

प्याब्सन काठमाडौँमा प्रेम राई, यस्ता छन् अन्य पदाधिकारी

प्याब्सन काठमाडौँमा प्रेम राई, यस्ता छन् अन्य पदाधिकारी

  • मात्र एजुकेशन
  • शनिबार, पौस १७ २०७८


काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँको १५ औ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले प्रेम राई परीक्षितको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ। अध्यक्ष निर्वाचित राईले लामो समय देखि प्याब्सनको विभिन्न भूमिकामा रहेर कार्यसम्पादन गरिसकेका छन् भने उनी इडन ब्रिज स्कुलका फाउन्डर प्रिन्सिपल पनि हुन्।

आफूलाई अध्यक्ष निर्वाचित गर्ने प्याब्सन सदस्यहरूलाई धन्यवाद दिँदै राईले प्याब्सन काठमाडौँलाई आयामिक तरिकाले अगाडि बढाउने र संस्थागत विद्यालयको हक हितका लागि सिङ्गो कार्यसमिति लागिपर्ने बताएका छन्।

निर्वाचित अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा नवराज भट्ट, उपाध्यक्षहरू सूर्य भण्डारी, प्रल्हाद खनाल, महिला उपाध्यक्ष रिता राई दाहाल, सचिव सुदर्शन थापा, कोषाध्यक्ष रनबहादुर अधिकारी, सहसचिव अनिल पराजुली, ओम ढकाल, महिला सहसचिव इसु गुरुङ तथा सह-कोषाध्यक्ष दिननाथ अधिकारी रहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड