Matra Education आइतबार, साउन १० २०८३

एमबिबिएस अध्ययन गरेका विद्यार्थीको समस्या यसरी हुदैछ समाधान

एमबिबिएस अध्ययन गरेका विद्यार्थीको समस्या यसरी हुदैछ समाधान

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १६ २०७८


काठमाडौँ – कोभिड १९ महामारीका कारण नेपाल फर्किएका चीनलगायतका देशमा अध्ययनरत एमबिबिएस विद्यार्थीहरूको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मामा पठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पठाइएको हो । चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टनसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मामा लगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

यसअघि विभिन्न तहमा कूटनैतिक पहल गरिएको भए पनि ठोस नतिजा आउन सकेको छैन । ‘कोभिडका कारण नेपाल फर्किएका (एमबिबिएस) विद्यार्थीहरूको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौँ,’ मन्त्रीले भन्नुभयो,‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौँ, समितिमा छलफलभएपछि चाँडै टुङ्गो लाग्छ ।

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरूको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्ट्रन्सीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो । कोभिड महामारीका बेला नेपाल आएका एमबिबिएस विद्यार्थीहरू अध्ययन पूरा गर्नेका लागि सोही देशबाट अनुमति समेत पाएका छैनन् ।

यस्तै, विभिन्न मेडिकल कलेजहरूले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको थियो । विद्यार्थीबाट बढी रकम लिएका मेडिकल कलेजहरूको अनुगमन तथा आवश्यक प्रमाण जम्मा गर्न सचिवलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड