Matra Education आइतबार, साउन १० २०८३

शिक्षा मन्त्रालय बाट आज आयो यस्तो खबर

शिक्षा मन्त्रालय बाट आज आयो यस्तो खबर

  • मात्र एजुकेशन
  • सोमबार, पौस १२ २०७८


काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रिया थालेको छ । विद्यालय, प्राविधिक र उच्च शिक्षाको छुट्टाछुट्टै तीनवटा ऐन ल्याउने मन्त्रालयको तयारी छ । तीमध्ये विद्यालय र प्राविधिक शिक्षा ऐनको मस्यौदा लेखनको काम अन्तिम चरणमा पुगेको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए ।

उनका अनुसार पहिलो चरणमा विद्यालय शिक्षालक्षित संघीय शिक्षा ऐन र प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन जारी गरिनेछ । मन्त्रालयका विद्यालय शिक्षा महाशाखाका सहसचिव दीपक शर्मा र प्राविधिक तथा व्यावसायिक महाशाखाका सहसचिव हरिप्रसाद लम्सालको नेतृत्वमा मस्यौदा तयारीको काम भइरहेको हो ।

शिक्षामन्त्री पौडेलले सत्ता गठबन्धनका शीर्षनेतासँग पनि छलफल गरेर ऐन जारी गर्ने कामको थालनी गरेको उनको सचिवालयले जनाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि ऐन जारी गर्ने विषयमा सकारात्मक रहेको सचिवालयको भनाइ छ । संसद बाटै ऐन जारी हुने अवस्था नरहे अध्यादेशमार्फत भए पनि ल्याउने गरी काम अघि बढाएको मन्त्रालयका अधिकारीहरूले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड