Matra Education आइतबार, साउन १० २०८३

होला त शिक्षक लाइसेन्सको परीक्षा तोकिएभन्दा अगाडी ?

होला त शिक्षक लाइसेन्सको परीक्षा तोकिएभन्दा अगाडी ?

  • मात्र एजुकेशन
  • बिहिबार, पौस ८ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगको नियमावली संशोधन पछि आयोगले धमाधम आफ्नो काम अगाडी बढाइरहेको छ। उसले माध्यमिक तहको विज्ञापन र निम्न माध्यमिक तहको विज्ञापन खुला गरिसकेको छ भने प्राथमिक तहको पनि छिटै खुलाउने तयारी गरेको छ। त्यस्तै बढुवाको काम गर्न पनि बाटो खुलिसकेकाले अब त्यो पनि छिटै हुने अपेक्षा गर्न सकिन्छ।

यति कार्य गरिसकेपछि आयोगको बाँकी रहने अर्को महत्त्वपूर्ण जिम्मेवारी अध्यापन अनुमतिपत्र (लाइसेन्स) को काम मात्रै हुनेछ। कार्यतालिका अनुसार अध्यापन अनुमतिपत्रको फारम चैतमा खुलेर असारमा परीक्षा र असोजमा नतिजा प्रकाशन भई मङ्सिरमा लाइसेन्स वितरण गर्ने योजनामा आयोग छ। तर यो काम पनि त्यो भन्दा अगाडी नै हुने सम्भावना बढेको छ।

केही दिन अघि आयोगका पदाधिकारीहरू सँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन गर्ने प्रक्रिया थाल्न शिक्षक सेवा आयोगलाई निर्देशन दिएका थिए । आयोग पनि यो कुरामा सकारात्मक रहेको बुझिएको छ। त्यसैले कार्यतालिकाले तोके भन्दा अगाडी नै लाइसेन्सको फारम खुलेर परीक्षा हुने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड