Matra Education आइतबार, साउन १० २०८३

अपेनले आफ्ना सदस्यलाई सम्मान गर्ने, आइतबार अन्तरक्रियात्मक कार्यक्रम

अपेनले आफ्ना सदस्यलाई सम्मान गर्ने, आइतबार अन्तरक्रियात्मक कार्यक्रम

  • मात्र एजुकेशन
  • बुधबार, पौस ७ २०७८


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता सङ्गठन अपेनले आफ्ना सदस्यहरूलाई अपेन डायनामिक लिडर अवार्ड द्वारा सम्मानित गर्ने भएको छ। कोरोना महामारी र यस्तै अन्य चुनौतीहरू सँग निरन्तर जुधेर पनि बालबालिकाको शिक्षाका लागि क्रियाशील भएको भन्दै उसले आफ्ना सदस्यहरूलाई सम्मानित गर्न लागेको हो। पुस २४ गते नेपाल पर्यटन बोर्डको हलमा हुने कार्यक्रमको तयारीमा यति बेला अपेन लागिपरेको छ।

कार्यक्रमको पुर्वसन्ध्यामा तयारी गर्नका लागि विभिन्न छलफल तथा बैठकहरू गर्दै आएको अपेनले आफ्ना सदस्यहरूसँग कार्यक्रमको बारेमा बृहत् अन्तरक्रिया गर्ने भएको छ। पुस ११ गते आइतबार ३ बजेका लागि भक्तपुर स्थित दरबार रिसोर्टमा अन्तरक्रिया आयोजना गरिएको र उक्त अन्तरक्रियाले कार्यक्रम सफल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहराले बताए। उनले सम्पूर्ण मन्टेश्वरी तथा प्रि स्कुलहरूलाई सक्रिय सहभागिताका लागि अनुरोध समेत गरेका छन्।

अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालले मन्टेश्वरी तथा प्रि-स्कुलले बालबालिकाको सामाजिक विकासका लागि दिएको योगदानको महत्त्व सबैले बुझ्नुपर्छ भन्ने आफूहरूको धारणा रहेको र त्यसैका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार अपेनले नयाँ सदस्यता वितरण खुला गरेको छ भने पुरानाको नवीकरण पनि धमाधम भइरहेको छ। नयाँ सदस्यता लिने र नवीकरण गर्ने सबै सदस्यहरू अवार्डको नोमिनेसनका लागि योग्य हुनेछन्।

अपेन संस्थागत रूपमा मन्टेश्वरी स्कुलहरूको हकहित र नीति निर्माण तहमा समेत पैरवी गर्दै आएको संस्था हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड