Matra Education आइतबार, साउन १० २०८३

शिक्षा मन्त्रालयले बनायो गोप्य छानबिन समिति, आखिर के का लागि ?

शिक्षा मन्त्रालयले बनायो गोप्य छानबिन समिति, आखिर के का लागि ?

  • मात्र एजुकेशन
  • बुधबार, पौस ७ २०७८


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञहरूको एउटा टोली गठन गरी नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाहरूको स्थलगत निरीक्षण गर्ने भएको छ। १५ दिनभित्र निरीक्षण गरी प्रतिवेदन बुझाउने गरी गोप्य उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले ५ सदस्यीय समिति गठन गरेको हो।

पदाधिकारीको नाम गोप्य राखिएको उक्त समितिको मङ्गलवार बसेको बैठकमा शिक्षा मन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाहरूको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छन् ।

समितिले उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाहरूको सञ्चालन अनुमति नवीकरणको पाँच वर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ । नवीकरणका लागि सबै शिक्षण संस्थाहरूले निवेदन पेस गरे पनि कोभिड लगायतका कारणले निरीक्षण तथा अनुगमन हुन नसकेको प्रवक्ता शर्माको भनाइ छ । विज्ञहरूको टोलीले निरीक्षण गरी रायको आधारमा नवीकरण हुने या नहुने निर्णय हुने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड