Matra Education आइतबार, साउन १० २०८३

चिट चोर्न नदिएको भन्दै शिक्षक कुटिए, घाइते शिक्षक अस्पताल भर्ना 

चिट चोर्न नदिएको भन्दै शिक्षक कुटिए, घाइते शिक्षक अस्पताल भर्ना 

  • मात्र एजुकेशन
  • मंगलबार, पौस ६ २०७८


काठमाडौँ-  चिट चोर्न नदिएको भन्दै काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।

परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ ।

ब्याचलर इन सोसल वर्क ९बिएसडब्ल्यु० पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड