Matra Education आइतबार, साउन १० २०८३

प्याब्सन काठमाडौँ जिल्ला अधिवेशन, सहसचिवमा प्रज्वल कोइरालाको उम्मेदवारी

प्याब्सन काठमाडौँ जिल्ला अधिवेशन, सहसचिवमा प्रज्वल कोइरालाको उम्मेदवारी

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस २ २०७८


काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १५ औँ जिल्ला अधिवेशन भोलि काठमाडौँमा हुँदै छ। अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशन नजिकिँदै गर्दा नेतृत्व गर्न इच्छुक सदस्यहरूले आफूले चाहेको पदमा उम्मेदवारी घोषणा गरिरहेका छन्। प्याब्सन जिल्लाको नेतृत्व गर्ने र जिल्लाका संस्थागत विद्यालयहरूको हक हितका लागि पैरवी गर्ने सोच सहित सदस्यहरू तयारीमा लागेका छन्। यो अधिवेशनमा हालका काठमाडौँ जिल्ला सदस्य प्रज्वल कोइरालाले सह सचिवमा उम्मेदवारी दिनुभएको छ। “संस्थागत विद्यालयहरूको गुणस्तरीय प्रवर्द्धन, व्यवस्थित तथा परिणाममुखी प्याब्सनको निर्माण” भन्ने नारासहित उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो। लामो समय शिक्षा क्षेत्रमा क्रियाशील रहेको र संस्थागत विद्यालयको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन लागि परेको व्यक्तित्व भएका कारण कोइराला यो पदमा निर्वाचित हुने सम्भावना अत्यधिक देखिएको छ। मात्र एजुकेसनले सहसचिव उम्मेदवार कोइरालाको शैक्षिक यात्रालाई यहाँ छोटोमा समेट्ने प्रयास गरेको छ।

सहसचिव उम्मेदवार प्रज्वल कोइरालालाई यसरी चिन्नुहोस्:
काठमाडौँ जिल्ला प्याब्सनको १५ औँ जिल्ला अधिवेशनमा सह-सचिव पदमा उम्मेदवारी दिनुभएका रिभेरा इन्टरनेसनल एकेडेमी चाबहिलका प्रिन्सिपल प्रज्वल कोइराला शिक्षा क्षेत्रमा परिचित नाम हो। आफ्नो विद्यालयलाई चाबहिल क्षेत्रमा उत्कृष्ट विद्यालय बनाउन सफल श्री कोइराला बौद्धिक बहसका क्षेत्रमा अब्बल मानिनुहुन्छ। बि.स. २०५० साल देखी शिक्षण पेसा सुरु गर्नुभएका कोइराला विगत १४ वर्षदेखि फाउन्डर प्रिन्सिपलको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले अङ्ग्रेजी एम.फिल. सम्मको अध्ययन गर्नुभएको छ।

विभिन्न अनुसन्धानात्मक लेखहरू प्रकाशित गरिसक्नुभएका कोइरालाले “Rethinking Civic Education in Nepal” शीर्षकमा अनुसन्धान गरी पाठ्यक्रम विकास केन्द्र भक्तपुरको लाइब्रेरीलाई उपलब्ध गराउनुभएको छ। विभिन्न अनलाइन तथा राष्ट्रिय टिभी च्यानलमा शिक्षा सम्बन्धी अन्तर्वार्तामा देखिइरहनुहुने कोइरालाले सामाजिक सुरक्षा कोष सम्बन्धी एभिन्युज टिभीको कार्यक्रममा संस्थागत विद्यालयहरूको पक्षमा आफ्नो दमदार आवाज उठाउनुभएको छ । न्युज २४ टिभीमा निजी विद्यालयको महत्त्वको वकालत, माउन्टेन टिभीमा ब्रेन ड्रेन तथा परीक्षाको विद्यार्थी माथिको प्रभाव, कान्तिपुर रेडियो तथा मात्र एजुकेसन डट कम, केटिएम खबर डट कम, ओटीभी नेपाल डट कम, इन्युज पाना लगायतका टिभी च्यानलहरूमा गुणस्तरीय शिक्षा तथा संस्थागत विद्यालयहरूको हकहितका लागि आवाज उठाउँदै आउनु भएको छ।

प्याब्सन अन्तर्गतको क्लस्टर माफको उपाध्यक्ष समेत रहनुभएका कोइराला सभ्य तथा परिणाममुखी प्याब्सन निर्माणका लागि प्याब्सनलाई प्राज्ञिक बहसको प्लेटफर्मको रूपमा विकास गर्ने तथा निजी विद्यालय मैत्री नीति निर्माणमा प्याब्सनको भूमिका सुनिश्चित गर्न भूमिका खेल्ने, विद्यालय, विद्यालय सञ्चालक, विद्यार्थी, शिक्षक तथा अभिभावकको हितलाई केन्द्रमा राखेर सिर्जनात्मक क्रियाकलापका साथ प्याब्सनलाई क्रियाशील बनाउने उद्देश्य राखेको बताउनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड