काठमाडौँ- त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले चार वर्षे स्नातक तहमा नयाँ भर्ना खोलेको छ। वार्षिक प्रणालीअनुसार सञ्चालन हुने कार्यक्रमहरूमा भर्ना लिन मान्यताप्राप्त शिक्षण संस्थाहरूलाई सूचित गरिएको हो।
भर्ना हुनको लागि ३० देखि ४० अङ्कको समूह वा न्यूनतम डी प्लस श्रेणीमा १० + २ वा सो सरह पास गरेको हुनुपर्नेछ। साथै एउटा क्याम्पसले सम्बन्धन लिएको प्रत्येक विषयमा १० जना भन्दा कम विद्यार्थी भर्ना गराउन पाउने छैनन्।
विस्तृत सूचना तल हेर्नुहोस्:
