Matra Education बिहिबार, कार्तिक १२ २०८३

अन्ततः खुल्यो आयोग, पहिलो चरणमा माविको आवेदन लिइने

अन्ततः खुल्यो आयोग, पहिलो चरणमा माविको आवेदन लिइने

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर २८ २०७८


काठमाडौँ –  शिक्षक सेवा आयोगले आफ्नो बहुप्रतिक्षित विज्ञापन अन्ततः खोलेको छ। आयोगले माध्यमिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो । भोलि बुधवारको गोरखापत्रमा विस्तृत विवरण प्रकाशित गर्ने गरी विज्ञापन खोलिएको हो । माविको विज्ञापन गरिएको भए पनि तर अन्य तहको भने कहिले भन्ने टुङ्गो हुन सकेको छैन।

आयोगले अनलाइन प्रविधिमार्फत पहिलो पटक विज्ञापन गर्न लागेको हुँदा परीक्षणका लागि भन्दै पहिलो चरणमा माध्यमिक तहको मात्र विज्ञापन गर्ने भएको हो । सफ्टवेयरमा काम गर्ने जनशक्ति व्यवस्थापन नभएका कारण यसो गर्नु परेको आयोगको तर्क छ। यस पालि उम्मेदवारले अनलाइन फारम भर्ने मात्र नभई परीक्षा बापत तिरेको राजस्व समेत सिधै फारममा राख्न मिल्ने गरी सफ्टवेयर निर्माण गरिएको छ।

आयोगले शिक्षकका लागि आवेदक मात्र करिब तीन लाख पुग्ने अनुमान सहित अनलानईनमा समस्या नआउने गरी व्यवस्थित गर्न माविको मात्र विज्ञापन पहिलो चरणमा गर्न लागेको हो।

माविको विज्ञापनमा पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिनेछ । त्यस्तै यो तहको परीक्षा चैत्र १५ गते सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड