काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो बहुप्रतिक्षित विज्ञापन खोल्ने मिति अन्ततः तोकेको छ। उसले कुनै प्राविधिक समस्या नआएमा पर्सि बुधवारको गोरखापत्रमा खुला तर्फको विज्ञापन गर्ने भएको हो । तर अन्य तहको भने यो मितिमा विज्ञापन नहुने लगभग पक्का भएको छ।
आयोगले अनलाइन प्रविधिमार्फत पहिलो पटक विज्ञापन गर्न लागेको हुँदा परीक्षणका लागि भन्दै पहिलो चरणमा माध्यमिक तहको मात्र विज्ञापन गर्ने भएको हो । सफ्टवेयरमा काम गर्ने जनशक्ति व्यवस्थापन नभएका कारण यसो गर्नु परेको आयोगको तर्क छ। यस पालि उम्मेदवारले अनलाइन फारम भर्ने मात्र नभई परीक्षा बापत तिरेको राजस्व समेत सिधै फारममा राख्न मिल्ने गरी सफ्टवेयर निर्माण गरिएको छ।
आयोगले शिक्षकका लागि आवेदक मात्र करिब तीन लाख पुग्ने अनुमान सहित अनलानईनमा समस्या नआउने गरी व्यवस्थित गर्न माविको मात्र विज्ञापन पहिलो चरणमा गर्न लागेको हो। आयोगले माध्यमिक तहमा करिब एक हजार ५४२ पदमा आवेदन माग गर्ने भएको छ ।