Matra Education आइतबार, साउन १० २०८३

राष्ट्रिय कलाकारहरूको प्रस्तुति सहित मनास्लुको स्वागत तथा बिदाइ कार्यक्रम हुने

राष्ट्रिय कलाकारहरूको प्रस्तुति सहित मनास्लुको स्वागत तथा बिदाइ कार्यक्रम हुने

  • मात्र एजुकेशन
  • आइतबार, मंसिर २६ २०७८


काठमाडौँ- चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजले पुस १ गते स्वागत तथा बिदाइ कार्यक्रम गर्ने भएको छ। कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई बिदाइ गर्न लागेको हो। आगामी पुस १ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा बिहान ९ बजे सुरु हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने बताइएको छ।

कार्यक्रममा चर्चित हाँस्य कलाकार दम्पती केदार घिमिरे “माग्नेबुडा” र सिता देवी तिमल्सिना “चन्द्रमुखी” आउने तय भएको छ। त्यस्तै यो पुस्ताकी लोकप्रिय गायिका रचना रिमाल, गायक धिरज राई र नृत्य कलाकार सुजन मार्पा तामाङको समेत विशेष प्रस्तुति कार्यक्रममा रहने भएको छ।

कार्यक्रमको भव्य तयारीमा रहेको मनास्लु टिमले आफ्ना विद्यार्थीका लागि यी बाहेक पनि विभिन्न क्रियाकलापहरू कार्यक्रममा समावेश गर्ने भएको छ। मनाल्सु कलेजका अध्यक्ष तथा प्राक्सिस इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल गेन्द्र लामाका अनुसार विद्यार्थीलाई उत्प्रेरित गर्नका लागी कलेजले मोटिभेसनल स्पिकरको पनि व्यवस्था गरेको छ। मात्र एजुकेसन सँगको संवादमा उनी भन्छन्, “हामी हाम्रा विद्यार्थीलाई उनीहरूको लक्ष्य तिर डोर्‍याउन सधैँ प्रयासरत छौँ। हाम्रा विद्यार्थीले गर्ने हरेक काममा उनीहरूलाई ऊर्जा मिलोस् र सही मार्गनिर्देश हुन सकोस् भन्नेमा सदैव सचेत भएकाले नै कार्यक्रममा सौनक भट्टको विशेष उत्प्रेरणात्मक सेसन राखेका हौँ। यसले हाम्रा विद्यार्थीमा थप आत्मविश्वास, दृढ इच्छाशक्ति र लक्ष्य केन्द्रित सङ्कल्प विकास गर्नेछ भन्ने मनास्लुको अपेक्षा छ।” यस बाहेक कार्यक्रममा मनास्लुका विद्यार्थीहरूको प्रतिभाले भरपुर विभिन्न प्रस्तुतिहरू पनि रहने उनको भनाइ छ।

मनास्लु वर्ल्ड कलेजलाई यसरी चिन्नुहोस्:
“अ होम फर फ्युचर लिडर्स” अर्थात् भावी नेतृत्वहरूको एउटै घर भन्ने नारा सहित काठमाडौँको चुच्चेपाटिमा स्थापित कलेज हो मनास्लु वर्ल्ड कलेज। यो कलेजले स्थापनाको छोटो समयमै गुणस्तरीय शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासमा भूमिका खेल्दै चाबहिलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। लामो समय शैक्षिक क्षेत्रमा क्रियाशील रहेका र त्यसको नेतृत्व गरेका प्राज्ञिक व्यक्तित्वहरूको समूहले सञ्चालन गरेको यो कलेज यति बेला विद्यार्थीहरूको रोजाइको पहिलो कलेज बन्न सफल भएको छ। आफ्नो प्राथमिक उद्देश्य नै विश्व स्तरीय शिक्षा प्रदान गर्दै यो प्रतिस्पर्धात्मक समय सँग समायोजन गर्दै आफूलाई अब्बल साबित गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु रहेको मनास्लु टिम बताउँछ। मनास्लुको अर्को विशेषता भनेको आधुनिक प्रविधिले सुसज्जित उत्कृष्ट पूर्वाधार, शैक्षिक विकासमा समर्पित अनुभवी, ऊर्जावान् र योग्य शिक्षक शिक्षिकाहरूको टोली हो।

तपाईँ मनास्लु वर्ल्ड कलेजको बारेमा थप जानकारी चाहनुहुन्छ भने यहाँ क्लिक गरेर वेबसाइट भिजिट गर्नुहोस् वा यहाँ क्लिक गरेर मनास्लुको फेसबुक पेज सँग जोडिनुहोस्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड