काठमाडौँ- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डिनको कार्यालयले मास्टर अफ बिजनेस स्टडिज र मास्टर आफ पब्लिक एड्मिनिस्ट्रेशनको चौमासिक नियमित परीक्षाको संशोधित परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
२०७५ सालमा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन २०१९ अघि भर्ना भई चौथो सत्रको परीक्षा फारम भरी अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरूको चौथो सत्रको नियमित परीक्षाको संशोधित परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
परीक्षा पुस ५ गते अपराह्न १२ बजेदेखि सञ्चालन हुने छ ।