काठमाडौँ – शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी नखुवाउन निर्देशन दिएको छ । केही स्थानीय तह भित्रका विद्यालयहरूले त्यसो गरेका भन्दै गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो।
स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरूको उपयोग गरी विद्यालयले साप्ताहिक रूपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था रहेकामा त्यसो हुन नसकेपछि एक सूचना जारी गर्दै सचेत गराइएको हो।
सरकारले आर्थिक वर्ष २०७७ र०७८ देखि देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउने व्यवस्था गर्दे आएको छ ।