Matra Education आइतबार, साउन १० २०८३

यी पाँचमध्ये कस्ले मार्ला बोर्डमा बाजी ?

यी पाँचमध्ये कस्ले मार्ला बोर्डमा बाजी ?

  • मात्र एजुकेशन
  • सोमबार, मंसिर २० २०७८


काठमाडौँ-  राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले पाँच उम्मेदवारलाई छनोट गरी सिफारिस गरेको छ। समितिले प्रा.डा. घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा.डा. महानन्द चालिसे, डा. महाश्रम शर्मा, र प्रा.डा शोभाखर कँडेललाई सिफारिस गरेको जानकारी दियो । संक्षिप्त सूचिमा सूचीकृत भएका उम्मेदवारहरूको बोर्डको अध्यक्षको नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ को दफा ११ बमोजिम अवधारणा पत्र र कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुनु पर्नेछ ।

उम्मेदवारले अवधारणा र कार्ययोजनाको प्रस्तुतीकरणको आगामी पुस १ गते दिनको २ बजे, लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा प्रस्तुत गर्नुपर्ने छ ।त्यस्तै उम्मेदवारको अन्तर्वार्ता कार्यक्रम आगामी पुस दुई गते दिनको २ बजे, लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन गरिने छ ।

अध्यक्षका लागि शिक्षा तथा परीक्षाका क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनैतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था छ । शिक्षा क्षेत्रको अनुभव भने पनि प्राध्यापनमा १२ वर्ष कार्य गरेको कार्यविधिमा उल्लेख छ ।

दरखास्त दिने व्यक्तिले बोर्डको नेतृत्व गर्ने सम्बन्धी अवधारणा पत्र र चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेस गरेका थिए । बोर्ड अध्यक्षका लागि उमेरको हदबन्दी छैन । प्राप्त दरखास्तलाई मन्त्रालयले लोक सेवा आयोगमा पठाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड