काठमाडौँ – ललितपुरको ललितपुर महानगरपालिकाले बाल विकास सहजकर्ता (इसीडि शिक्षक) को तलब १५००० पुर्याएको छ। पालिकाले तिन चरणमा तलब थपेर न्यूनतम १५००० पुर्याएको हो।
यस सम्बन्धमा प्रश्न गर्दा पालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्री भन्छन्, “पालिकाले ईसीडी सहजकर्तालाई सङ्घीय सरकारले प्रदान गरेको पारिश्रमिकमा २०७६ बाट २ हजार रुपियाँ थप गरेर प्रदान गर्दै आएको छ । विद्यालय कर्मचारीको हकमा पालिकाले १७ हजार ५०० रुपियाँ पारिश्रमिक प्रदान गर्ने भएको छ । भने बालविकास सहजकर्तालाई ६ हजार प्लस २ हजारमा ४ हजार थपेर १२ हजार पुर्याउने र बाँकी अपुग रकमको भार सम्बन्धित वडालाई थप्न लगाई कम्तीमा पनि १५ हजार रुपियाँ प्रदान गर्ने भएको छ ।”
स्मरण रहोस्: देशका विभिन्न भागमा थपिएको तलब नदिएको भन्दै इसीडि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन्।