Matra Education आइतबार, साउन १० २०८३

धराशायी बन्दै शैक्षिक क्षेत्र, कोरोनाका कारण पुनः विद्यालय बन्द

धराशायी बन्दै शैक्षिक क्षेत्र, कोरोनाका कारण पुनः विद्यालय बन्द

  • मात्र एजुकेशन
  • शुक्रबार, मंसिर १७ २०७८


काठमाडौँ – सन् २०१९ मा संसारलाई नै आक्रान्त पार्दै भित्रिएको कोरोना भाइरसको महामारीले शिक्षा क्षेत्र लाई तहसनहस बनायो। त्यसो त यसले शिक्षा क्षेत्र मात्र नभई समग्र विश्व अर्थतन्त्रलाई नै चुनौती दियो। कतिपय प्रविधि प्रयोगमा अगाडी रहेका मुलुकहरूको शिक्षा प्रणालीमा यसले कम असर गरे पनि नेपाल जस्तो मुलुकलाई धेरै प्रभावित बनायो। पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको र जनजीवन सामान्य बन्दै गएको परिस्थितिमा खुलेका नेपाली विद्यालयहरू एक महिना राम्रो पढाउन नपाउँदै पुनः बन्द हुन थालेका छन्। विश्वलाई नै त्रसित बनाएको ओमिक्रोन प्रजाति आउनु अघि नै नेपालमा सङ्क्रमित सङ्ख्या बढ्न थालेको हो। आज मात्रै पनि विद्यालय बन्द भएको खबर सार्वजनिक भएको छ।

बागलुङ नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयका २८ जना विद्यार्थी र शिक्षकमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द भएको हो । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

विद्यार्थी र शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरिएको खनालले बताए ।

यसरी सङ्क्रमण बढ्दै जाने र रोकथाम गर्न नसक्ने हो भने यसले शिक्षा क्षेत्र त बिगार्छ नै, देशको स्वास्थ्य प्रणालीलाई पनि चुनौती दिन सक्छ। समयमै सम्बन्धित निकायको ध्यान जाओस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड