Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

  • मात्र एजुकेशन
  • शुक्रबार, मंसिर १७ २०७८


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका थिए । विभिन्न कारणले करिब १० हजार विद्यार्थीले परीक्षा नदिएपछि परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएका थिए । कोरोनाका कारण परीक्षा छुटेकालाई बोर्डले पुनः परीक्षाका लागि अहिले फारम खोलेको छ।

नतिजा सार्वजनिक भइसके पनि केही समय पछि मात्रै हेर्न पाउने बताइएको छ।

कसरी हेर्ने नतिजा?
कक्षा १२ को नतिजा हेर्नका लागि विभिन्न तरिकाहरू छन्। तपाईँ यी मध्ये कुनै एक तरिका अपनाउन सक्नुहुन्छ।
१.https://neb.ntc.net.np   वेबपेजमा जाने
आफ्नो सिम्बोल नम्बर र जन्ममिति राख्ने र नतिजा खोज्ने

२.एसएमएस बाट हेर्नका लागि
NEB टाइप गरेर एक स्पेस दिने त्यसपछि सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउने

३.आइभिआर बाट हेर्न (ल्यान्ड लाइन र मोबाइल फोन बाट)
१६०१ डायल गर्ने र दिइएको निर्देशन पालना गर्ने

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड