Matra Education आइतबार, साउन १० २०८३

नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै विद्यार्थीहरूको प्रदर्शन (फोटो फिचर)

नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै विद्यार्थीहरूको प्रदर्शन (फोटो फिचर)

  • मात्र एजुकेशन
  • बुधबार, मंसिर १५ २०७८


काठमाडौँ- चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूले आफूहरू पिडित भएको भन्दै प्रदर्शन गरेका छन्। अनलाइन कक्षालाई मान्यता नदिने भन्दै नेपाल मेडिकल काउन्सिलले इन्टर्नसिप बाट वञ्चित गरेपछि उनीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्। चीन सरकारको छात्रवृत्ति र आफ्नै लगानीमा विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरी सैद्धान्तिक विषय सकाएका विद्यार्थीहरूले नेपालमै इन्टर्नसिप गर्न पाउनु पर्ने माग राखेका छन् । बुधबार काउन्सिल अगाडी शान्तिपूर्ण प्रदर्शन गर्दै उनीहरूले तत्काल आफ्नो माग सम्बोधन नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएका छन्।

फोटो फिचर हेर्नुहोस्:

हामी केही समयमै उक्त विरोध कार्यक्रम बारे विस्तृत सामग्री प्रकाशन गर्नेछौँ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड