Matra Education शुक्रबार, कार्तिक १३ २०८३

शिक्षक सेवा आयोगले अचानक यस्तो कदम चालेपछि सबै चकित

शिक्षक सेवा आयोगले अचानक यस्तो कदम चालेपछि सबै चकित

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर १४ २०७८


काठमाडौँ – शिक्षक सेवा आयोगले एउटा दरिलो निर्णय गर्दै सूचना जारी गरेको छ। उसले मङ्गलवार एक सूचना जारी गर्दै ७५ जना शिक्षकहरूको अध्यापन अनुमतिपत्र रुद्ध गरेको जनाएको हो । साथै यी मध्ये कुनै पनि उम्मेदवारले अध्यापन अनुमतिपत्र बुझिसकेको भए उक्त लाइसेन्स पनि स्वतः खारेज भएको बताइएको छ।

आयोगले अनुमतिपत्र वितरण गर्ने प्रयोजनले विज्ञापन नम्बर ३२ देखि ३६ सम्म गरेको विज्ञापनमा आवश्यक कागजात र विवरण झुटा ठहरिएपछि यस्तो निर्णय गरेको हो। यस्तो भएमा जुनसुकै अवस्थामा पनि आयोगले अनुमतिपत्र रुद्ध गर्न सक्ने व्यवस्था सूचनामै उल्लेख गरिएको हुँदा त्यही व्यवस्था अनुसार यो निर्णय गरिएको आयोगको तर्क छ। आवेदकहरूले अनलाइन आवेदनको गलत फाइदा उठाउँदै दुरुपयोग गरेपछि यो अवस्था सिर्जना भएको हो।

आवेदकहरूले भरेका विवरण सूचनाहरूमा उल्लिखित सर्तअनुसार रितपूर्वक देखिन नआएकाले आयोगको मिति २०७८(०५(११ को निर्णयअनुसार ती उम्मेदवारहरूको अनुमतिपत्र रुद्ध गरिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड