Matra Education आइतबार, साउन १० २०८३

सिटिइभिटीद्वारा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग

सिटिइभिटीद्वारा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग

  • मात्र एजुकेशन
  • बुधबार, मंसिर ८ २०७८


काठमाडौँ-  सिटिइभिटीले प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ । बुधवार एक सूचना जारी गर्दै सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७८/०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन,छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका बमोजिम छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको हो ।

निःशुल्क छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका विद्यार्थीहरूले मङ्सिर २८ गते भित्र आवेदन दिइसक्नुपर्ने छ। आवेदकले कुनै एउटा प्रदेशबाट मात्र आवेदन फारम भर्नुपर्ने छ भने एक भन्दा बढी प्रदेशबाट आवेदन फारम भरेमा स्वतः रद्द हुनेछ।

परिषदबाट कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त शिक्षण संस्था, कार्यक्रम, कोटा सङ्ख्या तथा अन्य विस्तृत जानकारी सिटिइभिटीले आफ्नो वेबसाइटमा राखेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड