काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आवेदन फारम खुला गरेको छ ।
भोलि मङ्सिर ७ गतेदेखि आगामी माघ २१ गतेसम्म फारम भर्न सकिनेछ । सो दिनपछि माघ मसान्तसम्म दोब्बर दस्तुर तिरेर पनि फारम भर्न सकिनेछ ।
विद्यालयहरुले आवेदन फाराम भरेर आगामी फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने छ।