Matra Education आइतबार, साउन १० २०८३

बाल शिक्षक र कर्मचारीको आन्दोलनमा निरन्तरता, विद्यालयमा तालाबन्दी

बाल शिक्षक र कर्मचारीको आन्दोलनमा निरन्तरता, विद्यालयमा तालाबन्दी

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक ३० २०७८


काठमाडौँ- सरकारले तोकेबमोजिम प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब नदिएको भन्दै दसैँ अघि देशभर आन्दोलन भयो । दसैँ पेस्की दिँदा केही पालिकाले थपेर दिए भने केहीले आन्दोलन टार्ने उपाय खोजे। तर अहिले पुनः स्थानीय तहले तलब निकासा नगरेको भन्दै देशका विभिन्न भागमा शिक्षक र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् । इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ । यसरी आन्दोलनको क्रम जारी रहँदा अर्को एउटा पालिकामा पनि अनिश्चितकाका लागि विद्यालय बन्दको घोषणा सहित आन्दोलन र विरोध सुरु भएको छ।

स्थानीय सरकारले थपेर तलब दिनुपर्ने निर्णय कार्यान्वयन नभएपछि डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा आन्दोलन चर्किएको हो। देशभरका विभिन्न पालिकाले तलब बढाइरहँदा उक्त पालिकाले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिएका शिक्षक/कर्मचारीको आन्दोलनमा गाउँपालिका शिक्षक महासंघ पनि ऐक्यबद्धता सहित सहभागी भएको छ। माग पुरा नहुन्जेल आफूहरू अनिश्चितकालिन विद्यालय बन्दको निर्णयबाट पछि नहट्ने आन्दोलनरत पक्षको भनाई छ।

शिक्षक/कर्मचारीले विद्यालयमा तालाबन्दी गर्दा गाउँपालिका भित्रका ३३ विद्यालय प्रभावित भएका छन्। फाइल तस्विर

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड