काठमाडौँ- बहुप्रतिक्षित बनेको शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। आइतबार आयोगले आफ्नो वेबसाइट मार्फत कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार मङ्सिर महिनामा आयोगले बढुवा र खुला विज्ञापन दुवैको परीक्षा विज्ञापन खुलाउनेछ। कार्तिक महिनामा प्रतिशत निर्धारण गरिसक्ने लक्ष्य आयोगको छ। त्यसतै फारम भरेका परीक्षार्थीहरूले फागुनमा सामान्य परीक्षा र जेठमा विषयगत परीक्षा दिनेछन्। आर्थिक वर्ष २०७९/ ८० को असोज/कार्तिक महिनामा मात्रै स्थायी शिक्षक सिफारिस हुने देखिएको छ।
त्यसपछि मङ्सिर महिनामा आयोगले तिनै तहको करार सुची प्रकाशन गर्नेछ भने अध्यापन अनुमतिपत्रको फारम चैतमा खुलेर असारमा परीक्षा र असोजमा नतिजा प्रकाशन भई मङ्सिरमा लाइसेन्स वितरण हुनेछ।
तपाई यहाँ क्लिक गरेर आयोगको वार्षिक कार्यतालिका हेर्न सक्नुहुनेछ।