Matra Education बिहिबार, कार्तिक १२ २०८३

रोकिएन आन्दोलनको शृङ्खला, पुनः अर्को पालिकामा बाल शिक्षक र कर्मचारी आन्दोलित

रोकिएन आन्दोलनको शृङ्खला, पुनः अर्को पालिकामा बाल शिक्षक र कर्मचारी आन्दोलित

  • मात्र एजुकेशन
  • बिहिबार, कार्तिक २५ २०७८


काठमाडौँ- सरकारले तोकेबमोजिम प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब नदिएको भन्दै दसैँ अघि देशभर आन्दोलन भयो । दसैँ पेस्की दिँदा केही पालिकाले थपेर दिए भने केहीले आन्दोलन टार्ने उपाय खोजे। तर अहिले पुनः स्थानीय तहले तलब निकासा नगरेको भन्दै देशका विभिन्न भागमा शिक्षक र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् । इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ । यसरी आन्दोलनको क्रम जारी रहँदा आज अर्को पालिकामा पनि आन्दोलन र विरोध भएको छ।

तोकिए अनुसार तलब भत्ता वृद्धिको माग गर्दै जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बालविकास शिक्षकहरूले आज जनकपुरधाममा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको हक, हित र सेवा, सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र शिक्षा मन्त्रालयले स्वीकृति प्रदान गरेअनुसारको तलब भत्ताको माग गर्दै बाल विकास शिक्षक र कर्मचारीहरूले बिहीबार जनकपुरमा संयुक्त प्रदर्शन गरेका हुन् ।

विद्यालयमा कार्यरत लेखापालको मासिक १८ हजार ५००, बाल शिक्षकको मासिक १५ हजार, विद्यालय कार्यालय सहयोगीको १५ हजार रुपैयाँ तलब माग गरिएको छ ।

उनीहरूले आफ्नो माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड