Matra Education आइतबार, साउन १० २०८३

तयार रहनुस्: आजै आउन सक्छ विज्ञापनको कार्यतालिका

तयार रहनुस्: आजै आउन सक्छ विज्ञापनको कार्यतालिका

  • मात्र एजुकेशन
  • बिहिबार, कार्तिक २५ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले आफ्नो काम कहिले सम्पन्न गरेर विज्ञापन खोल्छ भन्ने जिज्ञासा यो क्षेत्र सँग सरोकार राख्ने सबैको छ। यस बिचमा थुप्रै समाचारहरू छिटै खुल्ने भनेर आएको भए पनि शिक्षक विद्यार्थी विश्वस्त हुन सकेका थिएनन्। अब भने ती सबैलाई खुसीको बहार दिने एउटा खबर मात्र एजुकेसनले बाहिर ल्याएको छ । शिक्षक सेवा आयोगले कुनै प्राविधिक समस्या नआएमा आज वा भोलिमा कार्यतालिका सार्वजनिक गर्ने र त्यही कार्यतालिका अनुसार विज्ञापन खोल्ने तयारी गरेको खबर छ।

बिहीबार मात्र एजुकेसन सँगको विशेष टेलिफोन संवादमा आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले अब तयारी लगभग पुरा भएकाले ढुक्क हुन आग्रह गरे। उनले भने,  “यदि कुनै प्राविधिक समस्या नआएमा आज वा भोलि आयोगले आफ्नो वेबसाइटमा कार्यतालिका सार्वजनिक गर्नेछ। त्यसपछि हामी बोल्नु भन्दा पनि त्यही कार्यतालिकाले कहिले विज्ञापन गर्ने, कहिले के गर्ने लगायतका सबै गतिविधिको यहाँहरूलाई जानकारी दिनेछ ।” अब भने लामो समय देखि बहुप्रतिक्षित बनेको आयोगको काम कारबाही चुस्त ढङ्गले अघि बढ्ने देखिएको छ।

यसअघि लामो समयदेखि पदाधिकारीविहीन बनेको शिक्षक सेवा आयोगमा देउवा सरकार आएपछि पाँच वर्षका लागि पदाधिकारी नियुक्त भएका थिए । त्यसपछि रिक्त दरबन्दीको विवरण सङ्कलन गर्ने काम भएको थियो भने शिक्षामन्त्रीको अभावमा लामो समय आयोगको नियमावली संशोधन नहुँदा आयोगले काम गर्न पाएको थिएन। अब सबै प्रक्रिया पुरा भएकाले आयोगलाई विज्ञापन गरेर गुणस्तरीय स्थायी शिक्षक विद्यालयमा पुर्‍याउने बाटो खुलेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड